सञ्चारमन्त्री खरेल र खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै

राजीनामा

सञ्चारमन्त्री खरेल र खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै

kharel gupta

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका दुई मन्त्रीले सोमबार राजीनामा दिँदैछन्।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिन लागेका हुन् ।

उनीहरुले चुनाव लड्नका लागि राजीनामा दिने जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गराइसकेको अर्का एक मन्त्रीले पुष्टि गरे।

प्रधानमन्त्री कार्कीले पनि यस बारेमा अन्य मन्त्रीहरुलाई पनि भनिसकेकी छन्। अर्का मन्त्रीले पनि राजीनामा दिने सम्भावना छ।

प्रधानमन्त्री कार्कीले राजीनामा दिएर चुनाव लड्ने तयारीमा तीन जना मन्त्री रहेको अन्य मन्त्रीहरुसँग पनि भनेकी छन्। तर उनको पक्का भइसकेको छैन। दुई मन्त्रीले भने सोमबार राजीनामा दिने पक्का भएको हो।

उनीहरू दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्दैछन्।

यसअघि उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका थिए। उनी उज्यालो नेपाल पार्टीका अध्यक्ष पनि हुन्। घिसिङले पनि चुनावमै उम्मेदवार बन्न राजीनामा दिएका हुन्।

चुनावमा उम्मेदवार बन्नकै लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले राजीनामा दिएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ