स्याङ्जाको वालिङ–चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
वालिङ नगरपालिका–७ धोडेपानी नजिक सोमबार दिउँसो वालिङबाट ढुंगा बोकेर चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५१७३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका छ जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारका क्रममा वालिङ नगरपालिका–७ केवरे निवासी ६५ वर्षीय डोलराज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ निवासी ३५ वर्षीय राजकुमार चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ट्याक्टर चालक पश्चिम नवलपरासी सरावल गाउँपालिका–१ आनन्दनगरका २८ वर्षीय लालबहादुर सुनार, कैलाली लम्कीचुहा नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी र ३९ वर्षीय लक्ष्मण चौधरी तथा दाङ राप्ती गाउँपालिका–५ का ३५ वर्षीय हुकुमबहादुर दर्लामी मगर घाइते भएका छन् । उनीहरू सबैको शरीरका विभिन्न भागमा चोट लागेको र थप उपचारका लागि पोखरा रिफर गरिएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी केवरेबाट प्रहरी सहायक निरीक्षक नेत्रबहादुर कुमालको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
रुकुम पश्चिम जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी