काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच कर्णाली प्रदेशका विभिन्न जिल्लामा गठबन्धन गर्ने सहमति भएको छ । एमालेले प्रलोपाका संरक्षकको भूमिकामा रहेका जनार्दन शर्मालाई रुकुम पश्चिममा सघाउने र रुकुम पूर्वमा पनि प्रलोपाका संदीप पुनलाई सघाउने सहमति भएको छ।
आजमात्रै उक्त सहमतिपत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाको तर्फबाट अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् । यस्तै, कर्णालीमा हुम्ला र जुम्लाबाहेकका जिल्लाहरु र पूरानो राप्ती अञ्चलका जिल्लाहरुमा एमालेका उम्मेदवारहरुको पक्षमा प्रलोपाले मतदान गर्ने सहमति बनेको छ ।
यो सहमति बनेसँगै प्रलोपाको प्रमुख संरक्षकको भूमिकामा रहेका डा. बाबुराम भट्टराईले पनि गोरखा–२ मा एमालेका उम्मेदवार मिलन चक्रेलाई सघाउनुपर्ने बाध्यता आईपरेको छ । गोरखा–२ मा प्रलोपाको तर्फबाट बाबुरामले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा आएर आफू नलड्ने घोषणा गरेका छन् ।
यद्धपी अहिलेसम्म उनले कसलाई सघाउने भनेर कुनै निर्णय भने लिएका छैनन् । एमाले र प्रलोपाबीच कर्णालीको हकमा चुनावी गठबन्धन गर्ने सहमति भएपछि भने गोरखामा स्वाभाविक रुपमा बाबुरामले पनि एमालेका उम्मेदवारलाई सघाउनुपर्ने बाध्यता छ । सबभन्दा धेरै चुनावी गठबन्धन नै एमालेसँग भएपछि बाबुरामले मिलन चक्रेलाई सघाउनुपर्ने नैतिक बाध्यता आईपरेको छ । यसअघि भने बाबुरामले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने र रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटीमध्ये एकलाई सघाउने चर्चा थियो ।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस