स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि दौडमा गल्याङ र वालिङ नगरपालिका पुगेका छन् । सोमबार भएका सेमिफाइनल खेलमा प्रभावशाली प्रदर्शन गर्दै दुवै टोलीले फाइनल यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा गल्याङ नगरपालिकाले चापाकोट नगरपालिकालाई ८८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गल्याङले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १७८ रन बनाएको थियो । टोलीका लागि दीपक प्रसाद डुम्रेले आक्रामक ७५ रन जोडे भने विपीन खत्रीले ३९ र सन्दिप खत्रीले ३१ रनको योगदान दिएका थिए ।
१७९ रनको लक्ष्य पछ्याएको चापाकोट १४.१ ओभरमै ९० रनमा अलआउट भएको थियो । अपराजित ४९ रन बनाएका एक ब्याटरबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । गल्याङका दीपक डुम्रे, ईशान पाण्डे र विपिन खत्रीले समान दुई–दुई विकेट लिएका थिए । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन खत्री ‘प्लेयर अफ द म्याच’ बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् ।
दोस्रो सेमिफाइनलमा वालिङ नगरपालिकाले हरिनास गाउँपालिकामाथि ११६ रनको सहज जित निकालेको छ । पहिले ब्याटिङ गरेको वालिङले नौ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । सुजन गौतमले ५१ र रोशन गौतमले ४७ रन बनाएका थिए । हरिनासका मिलन क्षेत्रीले चार विकेट लिए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन् ।
१६४ रनको लक्ष्य लिएर मैदान उत्रिएको हरिनास ८.५ ओभरमै ४७ रनमा समेटिएको थियो । वालिङका लागि सुदिप अर्यालले चार, अंकित न्यौपानेले तीन र सुजन गौतमले दुई विकेट हात पारेका थिए । यस खेलका ‘प्लेयर अफ द म्याच’ सुदिप अर्याल घोषित हुँदै पाँच हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।
अब तेस्रो स्थानका लागि मङ्गलबार हरिनास र चापाकोटबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले विशेष रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई पाँच हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।
स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहितका खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।
माघ २ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १४ गते सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण
महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ