जेन–जी आन्दोलनका क्रममा संसद भवनमा आगो लगाउने व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको छ । मोरङ–२ का उम्मेदवार कृष्णकुमार कार्की २४ भदौमा संसद भवन जलाउँदै गरेको दृश्य उनकै सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
मोरङको रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीनिकटका अनुसार कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि मात्र नेपाल फर्किएका थिए । तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उनको तस्वीर र भिडियो टिकटकमा फैलियो । उनी आफैँले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ ।
उक्त दृश्यमा कार्कीले आफ्ना समर्थकसहित बानेश्वरस्थित संसद भवन पुगेर आगो लगाउन सघाएको देखिएको छ । उनी उक्त घटनामा सक्रियतापूर्वक लागेको दृश्यले पुष्टि गर्छ । कार्कीले आफैँ तोडफोड र आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । तर, संसद भवनको कुर्सी मात्र आफूले जलाएको भन्दै उनले भवन भने घुसपैठियाले जलाएको जिकिर गरेका छन् ।
उनले राजनीतिक दलका नेताहरूको घरमा गरिएको विध्वंस भनेमा आफ्नो संलग्नता रहेको लेखेका छन् । बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी, सिंहदरबारहुँदै नेताहरूको घरमा पुगेर आगजनी गरेको उनले स्वीकार गरेका छन् ।
अघिल्लो निर्वाचनमा रास्वपाले यस क्षेत्रमा ठगेन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको थियो । यसपटक उनको चर्चा भए पनि टिकट भने कार्कीले पाए । कार्की १२ वर्ष जापान बसेर फर्किएको बताइएको छ । उनका सोसल मिडिया पोस्ट हेर्दा सुरुवातमा रवि लामिछानेलाई ‘सहकारी ठग’ भनेर लेख्दै आएको पनि देखिन्छ ।
सम्बन्धित खबर
बालेनसँग स्पष्टिकरण माग्ने आयोगको तयारी, केपी शर्मा ओलीविरुद्धको अभिव्यक्ति आचारसंहिता विपरित
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
चुनाव प्रचार गर्न चन्दा लिँदै हुनुहुन्छ ? सूचना संकलन गर्दैछ निर्वाचन आयोग
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा सर्वोच्चले माग्यो थप प्रमाण
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
मनाङमा चिठ्ठा थुतेर कांग्रेस-एमालेले भाग लगाए संघ र प्रदेशमा उम्मेदवारी
कास्कीमा निर्वाचन नसकिएसम्म मेला महोत्सव गर्न रोक