त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने

सहजता

त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने

tu

काठमाडौं — त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने २०८१ सालको ३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी २०८२ साल माघ २५ गतेदेखि सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

मानविकी तथा सामाजिकशास्त्र सङ्काय (मौका तथा आशिक), शिक्षाशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीहरूको मौका परीक्षा त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार २०८२ साल माघ १८ गतेदेखि काठमाडौंमा मात्र सञ्चालन हुने भनिएको थियो।

तर परीक्षार्थीहरूलाई पर्न सक्ने असुविधा र आर्थिक भारलाई मध्यनजर गर्दै विश्वविद्यालयले अब मौका परीक्षा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी व्यवस्था मिलाइएको जनाएको छ।

यस निर्णयले काठमाडौँ बाहिरका परीक्षार्थीहरूलाई आवतजावत तथा बसोबासको खर्चबाट राहत मिल्ने भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds