स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

Syangja-journalist-Neupane-honored-by-NTV

स्याङ्जाका पत्रकार हिमाल न्यौपाने काठमाडौँमा सम्मानित भएका छन् । नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा शनिबार उनलाई उत्कृष्ट जिल्ला संवाददाताको रूपमा सम्मान प्रदान गरिएको हो ।

नेपालको पहिलो टेलिभिजन संस्थाका रूपमा परिचित नेपाल टेलिभिजनका लागि व्यवसायिक, जिम्मेवार र जवाफदेही ढंगले निरन्तर समाचार सम्प्रेषण गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै न्यौपानेलाई यस वर्षको उत्कृष्ट संवाददाताका रूपमा छनोट गरिएको जनाइएको छ ।

फोटोग्राफर मञ्च स्याङ्जाका अध्यक्षसमेत रहेका न्यौपाने लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनी पछिल्लो चार वर्षदेखि नेपाल टेलिभिजनको स्याङ्जा जिल्ला संवाददाताका रूपमा कार्यरत छन् ।

न्यौपानेले २०६९ सालदेखि स्याङ्जाबाट पत्रकारिता सुरु गरेका हुन् । यस क्रममा उनले एग्रोटाइम मिडिया, कृषि टेलिभिजन र ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै अनुभव बटुलेका छन् । हाल उनी नेपाल टेलिभिजनमार्फत स्याङ्जाका गतिविधि राष्ट्रिय दर्शकमाझ पुर्‍याउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds