बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

mahila-pakrau

बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीको खोजतलासका क्रममा वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्ला स्याङ्जा साविक मल्याङ्कोट गाविस–३ हाल चापाकोट नगरपालिका–३ बस्ने २९ वर्षीया सुनिता गुरुङ रहेकी छन् । उनलाई सोमबार वालिङ नगरपालिका–१ रामबाच्छा क्षेत्रबाट पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

पक्राउ परेकी गुरुङलाई आवश्यक कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको डिएसपी चौधरीले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादीको खोजी कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds