मनाङमा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले चुनाव नलड्ने भएको छ । एमालेका उम्मेदवार पाेल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेको उम्मेदवारी फिर्ताको पत्र दर्ता भैसकेको छ । राप्रपाले पनि मनाङमा चुनाव नलड्ने भएको छ ।
राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले पनि मनोनयन फिर्ताका लागि निवेदन दिएका हुन् । स्रोतका अनुसार एमालेले मनाङमा कांग्रेसलाई सघाउने भएको छ । अब कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी यहाँको प्रमुख प्रतिस्पर्धी भएका छन् । नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ ।
मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरे । चुनावमा धेरै झै–झगडा हुने र कहिलेकाहीँ अप्रिय घटना नै हुने गरेपछि यसपालि प्रमुख दलहरू मिलेर चुनावमा सहभागी हुनुपर्ने उनीहरूको प्रस्ताव थियो । बिहीबार भ्राताङमा भएको भेलामा दुवै उम्मेदवार टसमस नभएपछि चिट्टाबाट निर्णय लिने प्रस्ताव गरियो ।
कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङको उपस्थितिमा चिट्ठा तान्दा कांग्रेसले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने र एमाले ब्याक हट्ने फैसला भयो । सोही अनुसार शुक्रबार बिहानै पोल्देनले उम्मेदवारी फिर्ता लिन लागेका हुन् । मनाङमा यो परम्परा पुरानो हो ।
मनोनयन फिर्ताको निवेदनमाथि ३ बजेपछि मात्रै निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङका अनुसार कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ र एमालेका उम्मेदवार पोल्देन छोपाङबीच त्यसरी संघ र प्रदेशमा उम्मेदवारी बाँडफाँड भएकोबारेमा एमालेलाई औपचारिक जानकारी भने छैन ।
आगामी निर्वाचनमा प्रदेशका क्षेत्रमा कांग्रेसले एमालेलाई सघाउने समझदारी भएको हो । चिट्ठा अनुसार प्रदेशका २ निर्वाचन क्षेत्र अब एमालेले पाउने छ । मनाङमा प्रदेश सभामा दुई सिट छ। तीमध्ये एक रिक्त छ। यहाँबाट २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका राजिव गुरूङको सांसद पद सर्वोच्च अदालतको आदेशपछि रिक्त छ भने निर्वाचन आयोगले चुनाव गराउने मिति तोके पनि स्थगित गरेको थियो।
यसबीच राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन किन निवेदन दिए भन्नेबारे खुलिसकेको छैन।
प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवारले मनाङमा किन उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् भन्नेबारे पार्टीलाई जानकारी नरहेको बताए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा