राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा आएका छन् । ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा लामिछानेले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर भेटघाट गरेका छन् । स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्याङ्जाका दुवै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाले सक्षम र प्रतिस्पर्धी उम्मेदवार अघि सारेको दाबी गरेका छन् ।
उनका अनुसार यो निर्वाचन अघिल्लाजस्तो परम्परागत प्रतिस्पर्धा मात्र नभई ‘नयाँ विकल्प’ को परीक्षा हो । ‘यसपटक आफ्ना आस्थाका दल बिर्सेर एक पटक हामीलाई मत दिनुहोस् । पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्,’ उनले भीडतर्फ फर्किँदै दोहोर्याए, ‘देश र आफ्ना सन्तानको भविष्य सम्झेर रास्वपालाई एक मौका दिनुपर्छ ।’
स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । रास्वपाले क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने मतदानमा विजयी गराउन रास्वपा सभापति लामिछानेले मतदातासँग अपिल समेत गरेका छन् ।
‘अग्रिम बुकिङ’ जस्तै माहोल देखिएको टिप्पणी गर्दै लामिछानेले स्याङ्जा परिवर्तनको पक्षमा उभिन तयार छ कि छैन भन्ने प्रश्न उछालेका थिए । उनका भनाइमा, आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने समय भएकाले मतदाताले सोचेर निर्णय गर्नुपर्नेछ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु