काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
चुनावविरोधी गतिविधिमा लागेको, निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले गएराति उनको निवास भक्तपुरबाट आरोपमा पक्राउ गरेको हो।
उनलाई राति नै परिसर ल्याइएको छ। उनलाई पक्राउ गर्न निवासमा ठूलो संख्यामा प्रहरी खटिएको थियो। प्रहरीका अनुसार प्रसाईं निर्वाचन बिथोल्ने अभिव्यक्ति निरन्तर दिइरहेकाले पक्राउ गरिएको हो ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। साइबर ब्युरोका अनुसार सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभलगायत विभिन्न मुद्दाहरू अदालतमा विचाराधीन छन्।
आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि सरकारले निगरानी बढाइएको थियो ।
गिरफ्तारीको शृङ्खला
- पहिलोपटक (२०८१ असोज ६): भक्तपुरस्थित घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।
- दोस्रोपटक (२०८१ मंसिर ४): तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।
- तेस्रोपटक (गत चैत १५): काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि भारतमा पक्राउ परेका थिए। प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको थियो।
- चौथोपटक (२०८२ मंसिर २): सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएको आरोपमा पुनः भक्तपुरबाट पक्राउ।
- पाँचौँपटक (२०८२ माघ ५): निर्वाचन आयोगसम्बन्धी भ्रामक सूचना फैलाएको आरोपमा पोखराबाट नियन्त्रणमा।
- छैटौँपटक (२०८२ माघ २३): काठमाडौंको दक्षिणकाली–चाल्नाखेलबाट पक्राउ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको पत्राचारपछि साइबर ब्युरोले कारबाही अघि बढाएको थियो।
- सातौँपटक (हाल): चुनाव बिथोल्ने योजनाबद्ध गतिविधिमा संलग्न रहेको आरोपमा पुनः भक्तपुरबाट पक्राउ।
हाल उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। प्रहरीका अनुसार अनुसन्धान जारी छ ।
सम्बन्धित खबर
फेरि पक्राउ परे दुर्गा प्रसाईं
कास्की-२ का एमाले उम्मेदवार रश्मिले जन्मथलो भरतपोखरीको आशिर्वाद लिएर थाले निर्वाचन अभियान
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
कास्की अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने
जसपाले उम्मेदवार बनाएका व्यक्ति नै एमाले प्रवेश गरेपछि…
आजदेखि औपचारिक प्रचारप्रसार खुला, ठूला सभा पनि गर्न पाइने
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु