स्टन्टबाजी र पपुलिस्टको कुनै नीति छैन, चर्का देखावटी नारा मात्रैः ओली

राजनीति

स्टन्टबाजी र पपुलिस्टको कुनै नीति छैन, चर्का देखावटी नारा मात्रैः ओली

oli-pratibaddata

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको बताएका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्र झापा-५ का मतदाता सामु ४२ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उनले स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गरेका छन् ।

चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको साथै सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुरा प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल भएको ओलीको भनाइ छ ।

एआईको नियमनमा कानुनको अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाइएको ओलीले उल्लेख गरेका छ्न् ।

‘सुखी नेपाली समृद्ध नेपाल’ को नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारीप्रति उनले प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ