काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले ५१ देखि आफ्नो योजनामा वृद्धा भत्ता दिन थालिएको बताएका छन्।
आफ्नो चुनाव क्षेत्रका मतदातालाई सम्बोधन गर्दै गरिबी अन्त्य, बेरोजगारलाई रोजगार, घर नहुनेले घर, जमिन नहुनेले जमिन व्यवस्था गर्न पहल गर्ने बताए।
उनले भने, ‘यही उद्देश्यका साथ ५१ सालमा सरकारमा थियौँ, वृद्ध भत्ता दिने काम सुरु गर्यौँ। आजसम्म भारतमा पनि यति धेरै पैसा मिल्दैन, नेपालमा ४ हजार रुपैयाँ पुगेको छ। यो सुरु गर्ने प्रधानमन्त्री मनमोहन अधिकारी र योजना ल्याउने हामी माधव नेपाल थियो। अपाङ्गता भएकाहरू र विधवाहरूको भत्ताका लागि पनि हामीले पहल गर्यौँ।’
उनले रौतहटमा सडक, पुल, बागमती र बकैया नदीको बाढीले गर्दा जमिन डुबान हुने समस्या सबै समाधान गर्ने बताए।
उनले थपे, ‘बागमती र बकैयामा बाँध बनाउने काम हामी सरकारमा हुँदा नै सुरु गरेका हौँ। आज गौर, दुर्गा भगवती, राजदेवी, यमुनामाई सबैतिरका जनताले केही सहारा पाएका छन्। तर अझै धेरै काम बाँकी छ। यी समस्या समाधान गर्न बलियो र हिम्मत भएको मान्छे चाहिन्छ। अहिले चुनावको मैदानमा धेरै उम्मेदवारहरू आएका छन्। कतिले झुटो कुरा गरिरहेका छन्। कसैले भन्छन् माधव नेपालले पुल बनाएको होइन। तर म भन्छु यो पुल बनाउने श्रेय माधव नेपाललाई नै जान्छ।’
गौर–चन्द्रनिगाहापुर सडकलाई डबल लेन र फोर लेन बनाउने काम अगाडि बढाएको समेत बताए।
सम्बन्धित खबर
बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ
०७९ की उम्मेदवार बनेकी रास्वपाकी संस्थापक सदस्य भु्र्तेलले छाडिन् पार्टी
राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाँदा उपयुक्त हुन्थ्यो, पहिले समझदारी गरौँ: पूर्वराजा शाह
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, गगन थापा भन्छन्ः कांग्रेसले भोलिको उज्यालो नेपालको खाका तयार पारिसक्यो
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु