लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु

दुर्घटना

लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु

lamjung tacktor

लमजुङको दोर्दी गाउँपालिका–१ भारतेको ढिनगाउँ लाँकुरीभञ्ज्याङमा ढुंगा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ग१त ४३९४ नम्बरको ट्याक्टर शुक्रबार बिहान करिब पौने ११ बजेतिर ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनामा नुवाकोट घर भई हाल सुन्दरबजार नगरपालिका–६ बस्दै आएका अन्दाजी ३७ वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुंगा लोड गरेर गन्तव्यतर्फ जाने तयारीमा रहेको ट्याक्टर एक्कासी ब्रेक फेल भई पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरको अगाडिको इञ्जिनसहितको भाग माथि उठेर झर्दा चालक बसेको सिट च्यापिएको र त्यसैमा परी तामाङको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।

दोर्दी गाउँपालिका–१ का वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार उक्त ट्याक्टर सडक सोलिङ तथा ढलानस्थल देउरालीतर्फ ढुंगा लैजान तयारी अवस्थामा रहेको थियो । ओट लगाउने क्रममा ट्याक्टर पछाडि सर्दै पल्टिएको जानकारी प्राप्त भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली खटिएको र चालकलाई ट्याक्टरले च्यापिएको अवस्थामा रहेको बताए । घटनास्थलमा प्रहरी पुगिसकिएको र डोजरसमेत पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ