राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं, रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरी र नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्।
बागमती उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका हुन्। उनले पार्टी विधिअनुसार नचलेकाले बसिरहनुको औचित्य नभएकाले राजीनामा दिएको बताए।
‘पार्टी जसरी चल्नुपर्ने हो त्यसरी चलेको छैन। स्थापना कालदेखि काम गरेका साथीहरूको अवमूल्यन भयो। अहिले विभिन्न पार्टीका मान्छेहरूलाई आर्थिक आधारमा अवसर दिइयो,’ उनले भने।
हुमागाईं यसपालि काभ्रे-२ बाट उम्मेदवारका आकांक्षी थिए। रास्वपाले यसपालि बदन भण्डारीलाई काभ्रे-२ बाट उम्मेदवार बनाएको छ।
अघिल्लो पटक त्यहीँबाट हुमागाईं उम्मेदवार थिए। त्यतिबेला एमालेका गोकुल बाँस्कोटसँग चुनाव लडेका हुमागाईंले १०,५७३ मत ल्याएका थिए।
यसपालि प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। यसका साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ रहेको उनको आरोप छ ।
बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पनि पार्टीबाट राजीनामा दिएका हुन्। उनले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।
चौधरीले पार्टीको ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भई आफू पार्टीमा आबद्ध भएको बताएका छन्। तर आसन्न फागुन २१ गतेको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय तथा कार्यशैली स्थापना कालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत रहेको अनुभव गरेको उनको भनाइ छ।
उनले संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधि भएको तथा पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएका छन्।
साथै, पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको दाबी गर्दै यस्तो परिस्थितिमा मौन बसिरहन नसक्ने बताएका छन्।
यस्तै, नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।
रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् ।
थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए । २०७९ सालमा नुवाकोट क्षेत्र नम्वर २ का उम्मेदवार रहेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिने थापाको बर्हिगमनलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।
बुधबार मात्रै मधेसकी संस्थापक सभापति ममता शर्मा र संस्थापक नेता खेमकुमारी भुर्तेल (उर्मिला)ले पार्टीको साधारण सदस्यबाट राजीनामा गरेका थिए । ममता रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी थिइन्।
सम्बन्धित खबर
पोखरामा रास्वपा उम्मेद्वारमाथि खनिए सहकारीपीडित, उम्मेद्वारलाई दिए विद्यालयको बिल
रास्वपा बागमतीका उपसभापति, बाराका संगठन प्रमुख र नुवाकोटका नेताले पनि छाडे पार्टी
तीन प्रदेशमा मतपत्रसहित निर्वाचन सामग्री ढुवानी भइसक्यो: आयोग
एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
चुनाव जितिँदैन भनेर रास्वपा भाँड्ने प्रयासमा देखियो: पूर्व प्रधानमन्त्री ओली
स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
कारबाट झरेर पैदलयात्रीलाई मुक्का हान्ने पक्राउ