रास्वपाबाट जितेका सांसदहरू खराब परेछन् भने फिर्ता बोलाउँछौंः रवि लामिछाने

निर्वाचन विशेषः

रास्वपाबाट जितेका सांसदहरू खराब परेछन् भने फिर्ता बोलाउँछौंः रवि लामिछाने

पुनः निर्वाचन गर्नुपर्ने अवस्था आउने भन्दै सामाजिक सञ्जालमा आलोचना

rabi chunab

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई पछि फिर्ता बोलाइने बताएका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा चितवनमा रहेका उनले मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । एक कोणसभालाई सम्बोधन गर्दै उनले रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको बताए ।

लामिछानेले भने, ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन । म आज यो चोकमा उभिएर भन्छु, यदि हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउने छौँ । हाम्रो त नजिर नै छ ७२ घण्टाभित्र फिर्ता गराएको । त्यसैका लागि हामीलाई धेरै मत चाहिएको हो । भोलि सांसदहरू फिर्ता गर्दा बहुमत नपुग्ला, घट्ला भनेर धेरैभन्दा धेरे मत चाहिएको छ ।’

यसअघि नागरिकता त्यागका कारण अनागरिक बन्दै उपप्रधान तथा गृहमन्त्री, प्रतिनिधिसभा सदस्य, रास्वपा सभापति पदबाट एक्कासी विमुख हुन पुगेका लामिछानेका कारण चितवनमा पुनः निर्वाचन गर्नुपरेको थियो । जसका कारण राज्ययलाई आर्थिक भार हुन पुगेको थियो ।

घण्टीबाट जितेका सांसद फेरि फिर्ता गर्ने लामिछानेको यो उद्घोषले त्यस ठाउँमा पुनः निर्वाचन गर्नुपर्ने हुँदा  सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ