कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सडकमा आउँछौँ: जेन–जी फ्रन्ट

राजनीति

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सडकमा आउँछौँ: जेन–जी फ्रन्ट

Gauri_bahadur_karki

काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । फ्रन्टले बुधबारबार प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

‘निर्वाचन नभई गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले भदाै २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी यही अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई न्यायोचित कारबाही गर्ने प्रक्रिया अघि बढाउनेछ भन्ने अपेक्षा हाम्रो थियो,’ फ्रन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर पछिल्लो समय आयोगको म्याद पटकपटक थपिँदै जानु र निर्वाचनपछि फागुन २१ गतेसम्मका लागि म्याद थप गरिएको अवस्थाले हामीलाई गम्भीर रूपमा चिन्तित बनाएको छ।’

जेन–जी आन्दोलन न्यायको पहिलो माग भएको उल्लेख गर्दै फ्रन्टले न्याय ओझेलमा परे फेरि सडकमा आउन बाध्य हुने चेतावनी दिएको छ ।

आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै फ्रन्टले बिहीबार प्रधानमन्त्रीलाई खबरदारीपत्र बुझाउने भएको छ । फ्रन्टले बिहान ११ बजे मागपत्र बुझाउँदै निर्वाचन लगत्तै प्रतिवेदन सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता जनाउन सरकारसँग माग गर्ने जनाएको छ ।

साथै, आसन्न निर्वाचनबाट बन्ने नयाँ सरकारले प्रतिवेदनको स्वामित्व लिई दोषीलाई कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र दण्डहीनताको अन्त्य गर्नुपर्ने भन्दै फ्रन्टले सम्पूर्ण राजनीतिक दलहरूको समेत ध्यानाकर्षण गराएको छ ।

यस्तै विज्ञप्तिमा प्रतिवेदन सार्वजनिक गराउनका लागि सबै सञ्चारमाध्यम, पत्रकार, सम्पादक र नागरिक समाजलाई समेत आफ्नो स्थानबाट दबाब सिर्जना गर्न अपिल समेत गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ