राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक (निलम्बित) महामन्त्री मुकुल ढकालले जेनजी प्रदर्शनका क्रममा भएका घटना र नेपाल प्रहरीको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भविष्यमा हुन सक्ने सुरक्षा चुनौती र प्रहरीको हतियारको गुणस्तरका बारेमा राष्ट्रिय सहमतिको आवश्यकता औँल्याएका हुन्। ढकालले भोलि बालेन्द्र शाह, गगन थापा वा अन्य कोही प्रधानमन्त्री भएको समयमा प्रदर्शनकारीले संसद् भवनको पर्खाल फोड्न वा जलाउन थाले प्रहरीले के गर्छ भन्दै प्रश्न गरेका छन्।
उनले लेखेका छन्, ‘एउटा प्रश्नमा म अनुत्तरित छु। भोलि बालेन प्रधानमन्त्री भए, गगन प्रधानमन्त्री भए वा अरू कोही प्रधानमन्त्री भए र त्यतिबेला प्रदर्शनकारीले संसद् भवनको पर्खाल फोड्न थाले, जलाउन थाले भने बालेन सरकार, गगन सरकार वा अरू कोहीको सरकारको प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँछ कि चलाउँदैन? प्रहरीले हतियार कुन अवस्थामा प्रयोग गर्छ?’
सुरक्षाकर्मीसँग रहेका हतियारको अवस्थाबारे टिप्पणी गर्दै ढकालले नेपाल प्रहरीको हतियारको ‘टार्गेट रेन्ज’ नै कमजोर रहेको दाबी गरेका छन्। ‘एकदम क्लोज रेन्जमा मात्र निशानामा हान्ने रहेछ, अलि पर भएपछि घुँडामा हान्दा टाउकोमा लाग्ने प्रकारको रेन्ज नै नभएको ज्यादै कमसल हतियार रहेछ प्रहरीसँग,’ उनले भनेका छन्। अबका दिनमा प्रहरीलाई हतियार नबोक्ने बनाउने कि जहाँ ताक्यो त्यहीँ लाग्ने राम्रो रेन्जको हतियार दिने भन्नेमा स्पष्ट हुनुपर्ने उनको तर्क छ।
जेनजी प्रदर्शनमा ज्यान गुमाएका ७७ जनाप्रति सहानुभूति प्रकट गर्दै ढकालले संसद् भवन र सिंहदरवार जलाउने नजिर बस्नु खतरनाक हुने बताएका छन्। उनले सबै दोष प्रहरीलाई मात्र थुपारेर समस्या समाधान नहुने उल्लेख गर्दै प्रश्न गरे, ‘राम्रो देश बनाउन खोजेको हो भने संसद् भवन जलाउन भोलिका दिनमा फेरि कोही प्रदर्शनकारी आए भने प्रहरीलाई गोली चलाउने अधिकार हुन्छ कि हुँदैन? कि संसद् भवन जलेको हेरेर बस्ने हो प्रहरीले?’

सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस