रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला

राजनीति

रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला

rsp-prachar-gadi

सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ।

सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा दुई बोरा चामल, २१० बोत्तल मदिरा र दुई कार्टुन बियर, खाने तेल तीन कार्टुन फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए।

प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका-४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिएको छ।

चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएका छन्।

प्रहरीले निर्वाचनलाई लक्षित गरी ती सामान बाँड्न सक्ने आशंकामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए।

‘चुवानमा बाँड्न लागेको आशंकामा हामीले नियन्त्रणमा लिएका हौं,’ उनले भने।

घटनाबारे रास्वपा सल्यानले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन।

सल्यानमा कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द रास्वपा उम्मेदवार छन्।

यसअघि शनिबार राति मोरङमा पनि प्रहरीले कांग्रेसको प्रचारमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको थियो। उक्त गाडीमा साढे ४ लाख नगद र कांग्रेसको प्रचारको पर्चा बरामद भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ