प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जामा यसपटक पनि ठूलो संख्यामा मत बदर भएको पाइएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना सकिँदा कुल ५ हजार ५७० मत बदर भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नम्बर १ र २ गरी यति ठूलो संख्यामा मत बदर भएको हो । मतदाता शिक्षाका लागि विभिन्न वडामा स्वयंसेवक परिचालन गरेर कार्यक्रम सञ्चालन गरिए पनि बदर मतको संख्या अपेक्षाअनुसार घट्न सकेन ।
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार क्षेत्र नम्बर १ मा २ हजार ९०८ मत बदर भएको छ भने क्षेत्र नम्बर २ मा २ हजार ६६२ मत बदर भएको छ ।
क्षेत्र नम्बर १ मा कुल १ लाख ३० हजार ८८६ मतदाता रहेकामा ७० हजार ९४४ मत खसेको थियो । त्यसमध्ये ६८ हजार ३६ मत मात्र सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै, क्षेत्र नम्बर २ मा कुल १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो । त्यसमध्ये ६२ हजार २६६ मत मात्र सदर भएको छ ।
मतपत्रमा एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाउने, तोकिएको स्थानभन्दा बाहिर छाप लगाउने वा खाली मतपत्र खसाल्ने जस्ता कारणले धेरै मत बदर भएको अधिकारी थापाले बताए ।
यसपटक मतदाता शिक्षा अभियान सञ्चालन गरिएको भए पनि बदर मतको संख्या अझै उल्लेख्य देखिएको भन्दै आगामी निर्वाचनमा यसतर्फ थप ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्