प्रतिनिधिसभा सदस्य निर्वाचनपछि स्याङ्जामा लुकेर मतदान गर्न आएका फरार कसूरदारहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट फैसला भइसकेका तर कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई विशेष अभियानमार्फत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको पूर्व रणनीतिअनुसार मतदानपछि विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले फरार रहेका चार जनालाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेकालाई निर्वाचनकै दिन अर्थात् फागुन २१ गते नियन्त्रणमा लिइ कैद भुक्तान तथा जरिवाना असुलका लागि फागुन २५ गते जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–५ तालपोखरीबाट ४० वर्षीय प्रेमबहादुर दर्जी रहेका छन् । कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो ।
यस्तै, पुतलीबजार नगरपालिका–५ कटुन्जेचौरबाट ५८ वर्षीय बुद्धिमान शाही पक्राउ परेका छन् । बैंकिङ कसूरसम्बन्धी दुई फरक मुद्दामा उनलाई क्रमशः दुई दिन र एक दिन कैद तथा एक लाख ६३ हजार र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, आँधीखोला गाउँपालिका–४ सेपत सिरानचौरबाट ७४ वर्षीय रामबहादुर कामी पक्राउ परेका छन् । बहुविवाह मुद्दामा उनलाई दुई वर्ष पाँच महिना १३ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार कसूरदार खोजी अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा