राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरेको छ । विक्रम संवत् २०५८ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्रबार रजत वर्षका अवसरमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरेको हो ।
यसैक्रममा प्रतिष्ठानको स्याङ्जा शाखाले पनि विशेष कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको छ । पुतलीबजार नगरपालिका–१४ लामागेस्थित पाणिनी गुरुकुलम् आश्रम परिसरमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण, वृक्षारोपण, स्रष्टा सम्मान तथा सांगीतिक प्रस्तुति गरिएको थियो ।
कार्यक्रमका क्रममा प्रतिष्ठानले गुरुकुललाई संस्थागत सहयोगस्वरूप नगद २० हजार रुपैयाँ प्रदान गरेको छ । गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक तथा संस्थागत गतिविधिलाई सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष जगत गौडेलले बताए ।
कार्यक्रम उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले प्रतिष्ठानले आफ्नो स्थापना दिवस देशभर विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत मनाएको बताए । कलाकारहरूले आफ्नो आम्दानीबाट केही अंश छुट्याएर समाजप्रति जिम्मेवारी बहन गर्ने प्रयास गर्नु सराहनीय रहेको उनले उल्लेख गरे ।
संस्थाले लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यलाई निरन्तर अगाडि बढाइरहेको उनले बताए ।
यस अवसरमा नेपाली मौलिक बाजा संरक्षणमा योगदान पुर्याउने कलाकारलाई पनि सम्मान गरिएको थियो । पञ्चेबाजाअन्तर्गत सहनाई वादनमा लामो समयदेखि सक्रिय पुतलीबजार–१४ का ७० वर्षीय हरि बहादुर दर्जीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । दर्जी लामागे नौमति बाजा समूहका संयोजकका रूपमा सक्रिय रहँदै आएका छन् ।
उनी विभिन्न लोकदोहोरी एल्बमहरूमा समेत सहनाई वादनका लागि परिचित छन् । लोक संगीतमा मौलिक बाजाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको अध्यक्ष गौडेलले जानकारी दिए ।
कार्यक्रमका अवसरमा गुरुकुल परिसरमा वृक्षारोपणसमेत गरिएको थियो । २०७० सालमा स्थापना भएको पाणिनी गुरुकुलम् आश्रममा हाल विभिन्न जिल्लाबाट आएका करिब २० जना बटुक अध्ययनरत छन् ।
सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी