मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

Leopard-Death_file-pic

स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा शुक्रबार दिउँसो फेला परेको हो । वन अधिकृत सुमन केसीका अनुसार चितुवा केही दिनअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ, किनभने शवबाट दुर्गन्ध आउन थालिसकेको थियो ।

प्रारम्भिक निरीक्षणमा चितुवाको शरीरमा बाहिरी चोटपटक वा आक्रमणका कुनै स्पष्ट संकेत नदेखिएको वन कार्यालयले जनाएको छ । “मानिस वा अन्य जनावरको आक्रमणबाट मरेको जस्तो देखिँदैन, अन्य कारण हुनसक्छ,” वन अधिकृत केसीले बताए ।

घटनास्थलमा स्थानीय जनप्रतिनिधि, प्रहरी र बासिन्दाको उपस्थितिमा मुचुल्का तयार गरी चितुवाको शव व्यवस्थापन गरिएको जनाइएको छ । वन कार्यालयले घटनाको कारणबारे थप अध्ययन आवश्यक रहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ