फेवातालमा पौडी खेल्दा डुबेर १० वर्षीय बालकको मृत्यु

डुबेर मृत्यु

फेवातालमा पौडी खेल्दा डुबेर १० वर्षीय बालकको मृत्यु

fewatall-swim

पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान ११ः०५ बजे खपौदी नजिक पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका वडा नम्बर १८ का बर्ष १० का अरेश लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पौडी खेल्ने क्रममा अमरेश डुबेर वेपत्ता भएका थिए । सशस्त्र प्रहरीको उद्धार टिमले तत्काल उनको उद्धार गरेको थियो ।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम बाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा ८ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक तारा चन्द्र शर्माको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।

उद्धार पछि पश्चिमाञ्चल क्षेत्रीय अस्प्ताल पोखरामा लगिएकोमा १२ः१५ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ