स्याङ्जामा दुई युवक लागूऔषधसहित पक्राउ

स्याङ्जामा दुई युवक लागूऔषधसहित पक्राउ

arrested-file-pic

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलामा राति गस्तीका क्रममा प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पुतलीबजार–१२ घर भई हाल बाडखोलामा बस्दै आएका २१ वर्षीय सुनिल विक र नुवाकोट तारकेश्वर गाउँपालिका–९ घर भई हाल पुतलीबजार–३ बस्दै आएका २३ वर्षीय उत्तम ढुङ्गानालाई १२० ग्राम लागूऔषध (गाँजा)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गए राति गस्तीका क्रममा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई जाँच गर्दा उनीहरूको शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds