स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा बिलबिनाका खाद्य सामग्री बोकेको मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार साँझ अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ क ४५३९ नम्बरको मिनी ट्रक रोकेको थियो ।
जाँचका क्रममा ट्रकमा बिलबिना ल्याइएका विभिन्न ब्रान्डका खाद्य सामग्री फेला परेपछि प्रहरीले ती सामान बरामद गरेको हो । ट्रकमा लोड गरिएका सामानहरू आवश्यक कागजात बिना ढुवानी गरिएकोले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्न राज चौधरीले जानकारी दिए ।
बरामद गरिएका सामग्रीमा ३ हजार पिस ओरियो बिस्कुट, २६४ पिस स्मिकर्स मिठाई, ८४० पिस माल्किस्ट बिस्कुट र १८० पिस डेरी मिल्क चकलेट रहेका छन् ।
प्रहरीका अनुसार ती सामानको अनुमानित मूल्य १ लाख ५ सय ६५ रुपैयाँ बराबर रहेको छ ।
बरामद सामानसहित मिनी ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा