गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताएका छन् ।
लमजुङ स्थित पर्यटकीय घलेगाउँको स्वर्गभूमि रंगशालामा युवा तथा खेलकुद समिति, क्वहोलासोथार गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप पुरुष तथा महिला फुटबल प्रतियोगितामा प्रमुख अतिथि भट्टले यस्तो बताएका हुन् ।
उनले खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत रहेको उल्लेख गर्नुभयो ।
‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ ।’ उनले भने – ‘नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ ।’
प्रदेश प्रमुख भट्टले खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वर्द्धन जरुरी रहेको बताए ।
उनले भने – ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादनमा खेलकुद सहयोग सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’
ग्रामीण घरबासका लागि प्रख्यात घलेगाउँमा पहिलो पटक उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै उनले ऐतिहासिक र पर्यटकीय घलेगाउँ पहिलो स्मार्ट भिलेज, खुशी गाउँ र दक्षिण एशियाकै नमूना गाउँको रुपमा परिचित रहेको पनि बताए ।
उनले थपे – ‘लमजुङका धेरै गुरुङ गाउँहरु भुजुङ, पसगाउँ, काउलेपानी, राइनासकोट, घनपोखरा, खासुर, सिउरुङ, घेर्मु, तुर्लुङकोट, भुस्मेल लगायतका गाउँहरुले परिचित गराएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्दै समृद्ध मुलुक निर्माणमा यो जिल्लाले महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’
कार्यक्रममा क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, वडा नं. ३ का अध्यक्ष आसविर गुरुङ, युवा तथा खेलकुद विकास समितिका अध्यक्ष नौराज गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले लगायतले बोलेका थिए ।
फुटबल प्रतियोगितामा पुरुषतर्फ गाउँपालिकाभित्रका ९ वटै वडाले सहभागिता जनाएका छन् । महिलातर्फ भने ७ वटा टीमले सहभागिता जनाएका युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारका अध्यक्ष नौराज गुरुङले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमलाई १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय हुने टीमलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
महिलातर्फ प्रथम हुने टीमलाई नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति, क्व्होलासोथारका सचिव दिलेश्वर गुरुङले जानकारी दिए । प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते