स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको स्रष्टा उत्सवमा साहित्य, सङ्गीत र पत्रकारितामा सक्रिय तीन व्यक्तित्वलाई सम्मान गरिएको छ ।
स्वर्गीय शिवकुमार अधिकारीको ८६औँ जन्मजयन्तीको अवसर पारेर आयोजना भएको कार्यक्रममा गायक, रचनाकार तथा सङ्गीतकार लोकनाथ सापकोटालाई ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गरिएको छ । लोकसंगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका आँधीखोला गाउँपालिका–६ फापरथुमका सापकोटाले पञ्चेबाजादेखि आधुनिक गीतसम्म आवाज दिएका छन् भने थुप्रै गीतमा सङ्गीतसमेत भरेका छन् ।
त्यसैगरी पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगी ‘रजस्थल युवा प्रतिभा पुरस्कार’बाट सम्मानित भएका छन् । साहित्यिक पत्रिका ‘रजस्थल’को प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै वालिङ नगरपालिका–३ माझकोटका उनलाई उक्त सम्मान प्रदान गरिएको हो । कथा र निबन्ध विधामा राष्ट्रिय स्तरका प्रतिस्पर्धामा समेत उनले सफलता हासिल गरिसकेका छन् ।
पर्वत, कुस्माकी सरस्वती शर्मा ‘जिज्ञासु’ लाई ‘रुक्मागत यशोदा रुबेली साहित्य पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारअन्तर्गत तीनै जनालाई जनही १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान वरिष्ठ साहित्यकार सरुभक्तले गरेका थिए ।
कार्यक्रमकै अवसरमा स्वर्गीय शिवकुमार अधिकारीको कृतिसमेत सार्वजनिक गरिएको छ । ‘शिवकुमार अधिकारीका कविता’ शीर्षकमा प्रकाशित पुस्तकमा विभिन्न चरणमा लेखिएका कविता र अपूर्ण खण्डकाव्यका अंश समेटिएका छन् ।
उत्सवमा साहित्यकार विश्वप्रेम अधिकारी, चिन्तु गिरी, शम्भु अर्याल, टीकाराम वाग्ले, लक्ष्मी काफ्ले, लीलाम्बर ढुङ्गाना, कुमार राना, ढालबहादुर केसी, अनन्त अर्याल, परिश्वर न्यौपाने, मुनाल गोदार, बोधराज ढकाल, सुबोधकुमार अधिकारी, ध्रुव शर्मा पङ्गेनीलगायतले कविता, गजल र हाइकु वाचन गरेका थिए । कार्यक्रममा सहभागी स्रष्टाहरूले सिर्जनात्मक प्रस्तुतिमार्फत वातावरणलाई साहित्यिक बनाएका थिए ।
सम्बन्धित खबर
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य