स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा पहिलो पटक ‘चापाकोट क्रिकेट लिग’ आयोजना हुने भएको छ ।
‘मुन लाइट ग्रुप’को नाममा हुन लागेको प्रतियोगिता चापाकोट नगर क्रिकेट संघले नगरपालिकाको संरक्षकत्वमा सञ्चालन गर्न लागेको हो ।
प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभित्रका पाँच टोलीको सहभागिता रहनेछ भने अक्सनमार्फत देशभरका खेलाडीलाई समेत समावेश गरिने व्यवस्था गरिएको संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए ।
उनका अनुसार खेल टी–ट्वान्टी ढाँचामा राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँ र उपविजेताले ६० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी र विधागत पुरस्कारहरू पनि प्रदान गरिने जनाइएको छ ।
खेलमा युवा प्रतिभालाई अवसर दिने उद्देश्यले प्रत्येक टोलीमा एक जना अन्डर–१६ र एक जना अन्डर–१९ खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने नियम राखिएको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रेग्मीले बताए । प्रतियोगिताबाट करिब १५ लाख रुपैयाँ आम्दानी हुने र झण्डै १० लाख रुपैयाँ खर्च भई बाँकी रकम खेलकुद क्षेत्रमा लगानी गरिने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा