स्याङ्जामा चालू आर्थिक वर्षका केही महत्वपूर्ण विकास योजना बजेट अभाव र स्थानीय विवादका कारण अलपत्र पर्ने अवस्थामा पुगेका छन् । जिल्लाको पूर्वाधार विकाससँग जोडिएका योजना अघि बढ्न नसक्दा समग्र विकास प्रभावित हुने चिन्ता बढेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएका १२१ योजनामध्ये १०३ वटा मात्रै कार्यान्वयनमा गएको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ । आठ वटा योजना मूल्याङ्कनको अन्तिम चरणमा रहेका छन् भने १० वटा योजना भने अघि बढ्न नसक्ने अवस्थामा पुगेका हुन् ।
कार्यालयका निमित्त प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीका अनुसार केही योजनामा पर्याप्त बजेट व्यवस्थापन हुन नसक्दा काम रोकिएको हो भने केही योजनामा स्थानीयस्तरको विवादले प्रक्रिया अघि बढ्न सकेको छैन ।
अलपत्र पर्ने योजनामध्ये ज्याग्दीखोला कोरिडोर विकास योजना सबैभन्दा ठूलो रहेको जनाइएको छ । करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना अझै निर्माण प्रक्रियामा जान सकेको छैन ।
त्यसैगरी, चार करोड रुपैयाँ लागतका छ वटा योजना विवादका कारण लागत अनुमानकै चरणमा अड्किएका छन् । बिरुवा–धोबादी हुँदै राङखोला जोड्ने सडक योजना पनि बजेट अभावकै कारण रोकिएको बताइएको छ । उक्त सडक योजनाको लागत अनुमान करिब तीन करोड रुपैयाँ रहेको छ ।
कार्यालयका अनुसार करिब दुई करोड रुपैयाँ लागत अनुमान गरिएका अन्य केही योजना संशोधन गर्नुपर्ने अवस्था र ठेक्का प्रक्रिया अघि बढाउन नसकिने कारण रोकिएका छन् । स्थानीय तहमा देखिएको विवाद र बजेट अभावले विकास निर्माणका काम प्रभावित बनेपछि नागरिकले समेत चासो व्यक्त गर्न थालेका छन् ।
सम्बन्धित खबर
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला