पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म

खेलकुद

पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म

वैशाख ३१ गतेभित्र टीम दर्ता गरिसक्नुपर्ने

Pokhara-University

पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग आयोजना हुने भएको छ ।

सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताका रूपमा आयोजना हुन लागेको उक्त प्रतियोगिता जेठ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता पोखरा विश्वविद्यालयको खुदीस्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार तथा उपविजेता टोलीले नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले वैशाख ३१ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगिताको प्रवेश शुल्क रु ५ हजार निर्धारण गरिएको छ । महिला टीमका लागि निःशुल्क व्यवस्था छ ।

जेठ ४ गते नमस्ते पार्टी प्यालेसमा टिम अक्शन तय भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ता समेत पुरस्कृत हुनेछन् ।

थप जानकारीका लागि आयोजकले ९८४५५४४५०१, ९८६४४२९७५८ र ९८०६६०९३९९ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ