पोखरालाई सिधै मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरी पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन भइरहेको छ। फ्लाई दुबईले पोखरा–दुबई उडानका लागि चासो देखाएको हो। त्यसका लागि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फ्लाई दुबईको टोली दोश्रो पटकका लागि जुन २ मा फेरि पोखरा आउँदैछ। पोखरालाई दुबईसम्म जोड्ने चासोका साथ फ्लाई दुबईका प्रतिनिधि पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको एउटा टोली प्रारम्भीक रुपमा अध्ययन गरेर फर्किसकेको छ भने दोश्रो टोली आउने तयारीमा छ ।
आगामी सेप्टेम्बरदेखि उडान हुने सम्भावना छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट पनि सकारात्मक पहल भइरहेको उनले बताइन्छ ।
अहिले पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भईरहेको छ । हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय नै पहिलो एयरलाइन्स हो । तर, त्यो बाहेक सिचुआन एयरलाइन्सल चीनको छेन्दु–पोखरा व्यावसायिक उडान गरेको थियो । २०२५ को मार्चखेखि सुरु भएको हिमालयको पोखरा–ल्हासा नियमित उडान भने २०२६ मार्च २३ देखि रोकिएको छ। पोखराबाट भारत र भुटानका गन्तव्यसम्म पनि जोड्ने प्रयास भएपनि त्यसले गति भने लिन सकेको छैन।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा