पोखरा । सरकारले सञ्चालनमा चुनौती देखिएपछि आगामी आर्थिक वर्ष २०८३÷८४ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन निजी क्षेत्रसँगको सहकार्यमा गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत ती विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि निजी क्षेत्रसँग साझेदारी गरिने घोषणा गरेका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी पनि आगामी ६ महिनाभित्र टुंगो लगाइने जनाइएको छ ।
सरकारले हवाई पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्ने, सुर्खेत विमानस्थल विस्तार गर्ने तथा मुगु र दाङका विमानस्थलको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि संस्कृति तथा पर्यटन क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ र नागरिक उड्डयन क्षेत्रमा २ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।
पर्यटन प्रवद्र्धनअन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वाधार विकासका लागि ८३ करोड रुपैयाँ छुट्याइएको छ । तिलौराकोट, देवदह र रामग्रामको विकासलाई प्राथमिकतामा राख्दै जनकपुरलाई ‘विवाह गन्तव्य’ का रूपमा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरिने भएको छ ।
तिलौराकोट, जनकपुरधाम र गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने बजेटमा उल्लेख छ । मुस्ताङ र मनाङका दुई सय वर्षभन्दा पुराना बौद्ध गुम्बा संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने पनि सरकारको योजना छ ।
पर्यटन विविधीकरणअन्तर्गत पहाडी क्षेत्रमा हिल स्टेसन विकास, ग्रेट हिमालयन ट्रेललगायत रणनीतिक पदमार्गको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गरिने भएको छ । नामकरण नभएका ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको मौलिक नामकरण गरी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने सरकारको योजना छ । स्थानीय पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशमा साइकल ट्रेल निर्माण तथा मधेस, कर्णाली र सुदूरपश्चिमका दलित बस्तीमा नमुना होमस्टे सञ्चालन कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा