पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधि तालपारी टिमले जितेको छ ।
बि–फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टिम ९११ लाई ६–३ गोल अन्तरले पराजित गर्दै तालपारीले उपाधि जितेको हो । तालपारीको जितमा सुजन थापा र सिद्धान्त श्रेष्ठले २–२ तथा सुन्दर मगर र कुञ्जन पौडेलले १–१ गोल गरे । टिम ९११ को तर्फबाट सुसान्त सेञ्चुरी, प्रसान्त गुरुङ र हर्षभ बोहराले १–१ गोल गरे ।
जितसंगै तालपारीले नगद रु २० हजार सहित शिल्ड, मेडल प्रमाण–पत्र पुरस्कार पायो । द्वितीय स्थान हाँसिल गरेको टिम ९११ ले नगद १० हजार सहित शिल्ड, मेडल प्रमाण–पत्र पुरस्कार पायो ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पिसिएम कलेज सञ्चालक समितिका सदस्य एवं बोर्ड डाइरेक्टर प्राञ्जल कायस्थ, कलेजका प्रिन्सिपल लिना नेगी श्रेष्ठ, बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवर, प्रतियोगिता संयोजक प्रतिक राई लगायतले पुरस्कृत गरे ।
कलेजका प्राचार्य लिना नेगी श्रेष्ठका अनुसार युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो । उनले प्रतियोगिताका विजेता, उप–विजेता तथा सहभागी समूहहरुका लागि कलेजको तर्फबाट गोल्डेन र सिल्भर स्कलरशिपको घोषणा पनि गरिन् ।

‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगिता पोखराका विभिन्न २३ कलेजका विद्यार्थीहरुको समूहले भाग लिएका थिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन