कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ।
पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ बमोजिम आवश्यक सबै प्रक्रिया पूरा भएपछि बिहीबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित विशेष समारोहबीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो।
यसअघि कास्कीका पाँचवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेका थिए। स्थानीय तहहरूले आवश्यक मापदण्ड पूरा गरेपछि जिल्ला स्तरमा पनि घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले अभियान सफल बनाउन योगदान पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरे । उनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकको सक्रिय सहभागिताबाट मात्र यस्ता जनस्वास्थ्य अभियान सफल हुने बताए ।
उनले स्वस्थ नागरिक नै समृद्ध नेपालको आधार भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप सबैभन्दा प्रभावकारी र भरपर्दो माध्यम भएको धारणा व्यक्त गरे ।
समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. युवनिधि बसौला, मन्त्रालयका अतिरिक्त सचिव खिमबहादुर खड्का, जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव मधुरजी ढकाल तथा जिल्ला समन्वय अधिकारी नवराज बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्ण खोप अभियान सफल बनाउन उल्लेखनीय योगदान पुर्याउने विभिन्न पक्ष तथा सेवा अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सम्बन्धित खबर
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल