लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भावको प्रतीकः प्रदेश प्रमुख भट्ट

संस्कृति संरक्षण

लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भावको प्रतीकः प्रदेश प्रमुख भट्ट

pp prgrm (3)

पोखरा, २० असार । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदामध्ये लोकभजन चुड्काहरू अध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताएका छन् ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथि भट्टले हिमाल, पहाड र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत, लोकभजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताए ।

‘नेपालको मौलिक पहिचान यसको सांस्कृतिक विविधतामा निहित छ । यिनै भजन चुड्कामा जुन ऊर्जा, सङ्गीतको गहिराइ र अनुशासन हुन्छ, त्यो संसारका अन्य कुनै संगीतमा पाउन गाह्रो छ ।’ प्रदेश प्रमुख भट्टले भने।

 ‘भजन चुड्का भगवानको प्रार्थना र भक्तिगान मात्र होइन; यसले सत्य, करुणा, नैतिकता, सहिष्णुता, अनुशासन, सामाजिक एकता र मानव सेवाको सन्देश पनि प्रवाह गर्दछ ।’ उनले भने – ‘गाउँघरका मन्दिर, भजनमण्डली र सामुदायिक जमघटहरूमा पुस्तौंदेखि गुञ्जिँदै आएको यो परम्पराले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

हाम्रो गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, सांस्कृतिक रूपमा त्योभन्दा कयौँ गुणा धनी रहेको बताउँदै उनले यहाँको माटोमा खैंजडीको ताल, मुजुराको झङ्कार र लोकभजनको सुगन्ध मिसिएकोले गण्डकी लोक संस्कृति र भजनको उद्गम स्थल रहेको उल्लेख गरे ।

‘आजको विश्व तीव्र परिवर्तनको चरणमा छ । आधुनिक प्रविधि, विश्वव्यापीकरण र बदलिँदो जीवनशैलीका कारण परम्परागत कला–संस्कृतिहरू अनेक चुनौतीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा चुड्का जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’ उनले थपे – ‘संरक्षण भनेको विगतको सम्झना मात्र सुरक्षित राख्नु होइन, भविष्यका पुस्तालाई आफ्नो पहिचान र सभ्यतासँग जोड्ने दायित्व पनि हो ।’

आधुनिकीकरण र पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण हाम्रा यस्ता रैथाने कला र संस्कृतिहरू संकटमा पर्दै गएकोमा उनको चिन्ता छ । ‘हाम्रो अबको चुनौती भनेको यो भजन चुड्कालाई नयाँ पुस्तासम्म कसरी पुर्‍याउने भन्ने नै हो । यस्तो चुनौतीपूर्ण समयमा यस प्रतिष्ठानले लोकभजन र चुड्काको संरक्षण, सम्वर्द्धन र पुस्तान्तरणका लागि जे–जस्तो भूमिका खेलिरहेको छ, त्यो निकै सराहनीय छ ।’ उनले भने ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले भजन चुड्का प्रस्तुत गर्ने दुई जना ७ वर्ष र १२ वर्षका बालकलाई नगद प्रदान गरी हौसला प्रदान गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ