पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण

पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण

b11

पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) द्वारा आयोजित ‘पीसीएम एनुअल फेस्ट–२०२६’ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। एक सातासम्म सञ्चालन भएको महोत्सवको समापन अवसरमा नदीपुरस्थित कलेज परिसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।

समापन समारोहमा ‘अभय एण्ड द स्टीम इन्जिन’ ब्याण्डको सांगीतिक प्रस्तुतिले झण्डै तीन हजार दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा कलेजका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै, विद्यार्थीहरूले विभिन्न परिकारका फुड स्टल सञ्चालन गरी खानाका विविध स्वाद पनि प्रस्तुत गरेका थिए।

महोत्सवअन्तर्गत शैक्षिक, सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिएका थिए। ‘समाजका लागि एआई लाभदायी हो कि होइन?’ विषयक वक्तृत्व–बहस प्रतियोगितामा बीसीएस–आईटी चौथो सेमेस्टरकी झरना बुढा मगर प्रथम, बीबीए चौथो सेमेस्टर (मर्निङ) की कृतिका पुरी द्वितीय तथा बीबीए चौथो सेमेस्टर (डे) की स्वीकृति शर्मा तृतीय हुन सफल भइन्।

वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘स्टक पिचिङ’ प्रतियोगितामा बीबीए फाइनान्स दोस्रो वर्षका अनुजा मगर र कपिल सुवेदी प्रथम भए। बीबीए आठौं सेमेस्टरका जेम्स शाक्यले दोस्रो स्थान हासिल गर्दा बीबीए चौथो सेमेस्टरका मञ्जिला श्रेष्ठ, स्वीकृति शर्मा, सुमन राई र सविन गौतम तेस्रो स्थानमा रहे।

चित्रकला प्रतियोगितामा बीसीएस–आईटी चौथो सेमेस्टरका अवान केसी प्रथम, छैटौं सेमेस्टरका सबिन सुनार द्वितीय तथा रिस्ता हमाल र बीबीए चौथो सेमेस्टर (डे) की सरगम सुनार संयुक्त रूपमा तृतीय भए। प्रतियोगिताको निर्णायकको भूमिका अग्रज कलाकार रमेश श्रेष्ठले निर्वाह गरेका थिए।

समारोहमा पोखरा विश्वविद्यालयको डिन लिस्टमा पर्न सफल ८६ विद्यार्थीमध्ये चार जीपीए प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका १२ जना विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो। कलेज सञ्चालक समितिका अध्यक्ष विनोद कायस्थ र सदस्य प्राञ्जल कायस्थले विजयी तथा सम्मानित विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए। कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 कार्यक्रमले शिक्षा, प्रविधि, उद्यम, कला, संस्कृति र मनोरञ्जनलाई एउटै मञ्चमा प्रस्तुत गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको कलेजले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ