प्रदेश खेलकुद परिषद गण्डकीद्वारा पहिलो पटक स्थापित प्रदेश खेलकुद पदकबाट खेलकुद पत्रकार केशव पाठकसहित सात जना विभुषित भएका छन् । प्रदेश खेलकुदले मंगलबार पोखरामा आयोजना गरी उनीहरुलाई प्रदेश खेलकुद पदकबाट विभुषित गरेको हो ।
प्रदेश खेलकुद परिषदको प्रदेश खेलकुद पदक कार्यविधिले तोके बमोजिम विभिन्न शिर्षक अन्तर्गत उनीहरुलाई विभुषित गरिएको जनाएको छ । सो पदकबाट जर्नालिजम अफ दि इएर बाट खेलकुद पत्रकार केशव पाठक, अन्तर्राष्ट्रिय प्रशिक्षकबाट क्रिकेटका रिजन प्रजु, १३औं सागमा पदक विजेता आर्चरीका खेलाडीद्वय अशिम शेरचन र योगेन्द्र शेरचन, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, काभा उमेन्स भलिबलमा नेपाली महिला भलिबल टोलीलाई उपविजेता बनाउन सफल कप्तान अरुणा शाही तथा अन्तर्राष्ट्रिय खेलकुद आयोजक संस्थाको रुपमा नेपाल भुतपूर्व खेलाडी मञ्च रहेका छन् ।
विभुषित सात जनालाई नगद रु २० हजारका साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ, मन्त्रालयका सचिब डा. शेषनारायण पौडेल, परिषदका सदस्य सचिब श्रीधर शर्माले पदक, सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा आफ्ना भनाई राख्दै मन्त्री गुरूङले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको हितको पक्षमा रहेको बताउँदै केही कारणले सबै समस्याको समाधान गर्न अप्ठ्यारो हुने बताइन् । उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै खेल क्षेत्रको समास्या समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याइन ।
कार्यक्रममा आफ्ना भनाई राख्दै मन्त्रालयका सचिब डा.पौडेलले खेल क्षेत्रलाई सामाजिक रुपान्तरणको अभियानमा अघि बढाउनु पर्ने बताए ।
त्यस्तै परिषदका पूर्व सदस्य सचिब तेज बहादुर गुरूङले खेल क्षेत्रलाई खेलकुदको रुपमा मात्रै नभई विज्ञानका आधारमा परिचालन गर्न सके त्यसले समाजलाई अझै बढि उपलव्धि दिने उल्लेख गरे ।
यसका साथै परिषदले गण्डकीका उत्कृष्ट तीन खेल संघहरुलाई नगद सहित सम्मान गरिएको छ । गण्डकीबाट निरन्तर खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय खेल मैदान सम्म पुर्याउन सफल गण्डकी प्रदेश टेनिस संघ, नेपाल ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई नगदसहित सम्मान गरिएको छ । विपन्न वर्गका बालबालिकालाई टेनिस मैदान पुर्याउन खेलेको महत्वपूर्ण भुमिकाका लागि गण्डकी टेनिस संघलाई नगद रु १ लाख २५ हजार तथा गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई समान नगद रु ९० हजार प्रदान गरिएको छ ।
यसै गरी अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी २५ जनालाई नगद रु १५ हजारका साथमा प्रमाणपत्र सहित सम्मानीनत भएका छन् । सो सम्मान प्राप्त गर्ने खेलाडीहरुमा ह्याण्डबलका १४ जना, पारा महिला क्रिकेट, टेवुल टेनिस र व्याडमिन्टनका खेलाडीहरु रहेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले १६औं राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ४१ जनालाई नगद छात्रवृति प्रदान गरेको छ । कक्षा ११–१२ अध्ययनरतहरुलाई नगद रु १७–१७ हजार र १० कक्षा भन्दा मुनी अध्ययनरत खेलाडीहरुलाई नगद रु १२–१२ हजारका दरले छाञवृति प्रदान गरिएको परिषदका कार्यालय अधिकृत टोपलाल भुसालले जानकारी दिएका छन् ।
कार्यक्रम परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो