पोखरा । नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताएका छन् ।
पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नुपर्ने बताए । पोखरेलले सबै पर्यटन सम्बद्ध संघसंस्था बीच एकीकृत प्रयास आवश्यक रहेको बताए ।
उनले पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताए । पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने उनको भनाई थियो ।
नेपाल पर्यटन बोर्डको मूल भूमिका अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्नु रहेको उल्लेख गर्दै उनले पूर्वाधार निर्माणभन्दा पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार र स्रोत बजारमा नेपालको उपस्थिति विस्तारमा केन्द्रित हुने बताए ।
पोखरेलले नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउनु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणा सहित अन्तर्राष्ट्रिय बजारमा जान सके अझ प्रभावकारी परिणाम प्राप्त हुने उल्लेख गरे ।
उनले सरकारले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको जानकारी दिए । पोखरालाई ‘वेलनेस टुरिजम’को गन्तव्यका रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यससम्बन्धी योजना र परियोजना निजी क्षेत्रबाट आए नेपाल पर्यटन बोर्डमार्फत आवश्यक सहजीकरण गरिने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्राउन अन्तराष्ट्रिय स्तरमा कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए । उनले पोखराबाट दुबई उडान हुन लागेका कारण त्यसको पनि सबै जनाले प्रचार प्रसार गर्नु पर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, परिषद्का महासचिब जीवन सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । पछिल्लो समय नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्वद्धन भन्दा पनि पुर्वाधार निमार्णमा लागेको भन्दै व्यवसायीले आलोचना गरेका थिए ।
सम्बन्धित खबर
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन अभ्यास
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल