पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी प्रभात आचार्यले विश्वविद्यालय अनुदान आयोगबाट १२ लाख रुपैयाँको विनाव्याज र बिनाधितोको उद्यमशीलता अनुदान प्राप्त गरेका छन्। आयोगले सञ्चालन गरेको उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत देशभरका ४०० भन्दा बढी सहभागीहरूलाई पछाडि पार्दै उनी अन्तिम छनोटमा परेका हुन्।
आचार्यले प्राप्त गरेको सो अनुदान रकम कलेजले बुधबार हस्तान्तरण गरेको छ। यो रकम विद्यार्थी आचार्यले ५ वर्षभित्र फिर्ता गर्नुपर्नेछ।
अनुदान रकम आचार्यले आफ्नो उद्यम योजना ‘कुरिलोको चिया’ उत्पादन गर्ने कार्यमा प्रयोग गर्नेछन्। उनले आफ्नै ३ रोपनी जमिनमा कुरिलो खेती गर्ने योजना बनाएका छन्।
यस्तै अन्य कृषकहरूबाट पनि कुरिलो संकलन गरेर प्रशोधन गर्ने उनको तयारी छ। प्रशोधित कुरिलोबाट विभिन्न औषधीय गुण भएको चिया उत्पादन गरी बिक्री गरिनेछ।
आचार्यलाई आयोगबाट प्राप्त रकमको पहिलो किस्ता हस्तान्तरण गरिएको हो। कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले आयोगबाट प्राप्त रकम हस्तान्तरण गरेकी हुन्।
‘आयोगबाट प्राप्त तालिम र कलेजको सहयोगबाट विद्यार्थीले यस्तो उपलब्धि प्राप्त गरेकोमा खुसी लागेको छ,’ प्राचार्य श्रेष्ठले भनिन्।
कार्यक्रममा कलेज र विद्यार्थी आचार्यबीच सो अनुदान रकम सदुपयोग गर्ने विविध विषयवस्तुमा समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।
‘विद्यार्थीको शैक्षिक उपलब्धिसँगै व्यावहारिक ज्ञान, अनुसन्धान र नेतृत्व विकासलाई पनि प्राथमिकता दिइएको छ,’ कलेज प्रशासनले जनाएको छ।
सो अवसरमा हरिलो एग्रो प्रालिका प्रबन्ध निर्देशक प्रकाश आचार्यले आफ्नो धारणा राखेका थिए। उनले कृषि क्षेत्रमा युवाहरूको संलग्नता र उद्यमशीलताको महत्त्वबारे चर्चा गरे।
त्यसैगरी कलेजका कार्यक्रम संयोजक हरि अधिकारीले विद्यार्थीको सफलतामा कलेज परिवार गर्वान्वित भएको बताए। विद्यार्थीका पिता प्रेमप्रसाद आचार्यले छोराको प्रयास र कलेजको मार्गदर्शनप्रति आभार व्यक्त गरे।
कार्यक्रममा उपप्राध्यापकहरू डा. अर्जुन सिग्देल, प्रदीप राना र सुवास मल्लले पनि उद्यमशीलताका विविध पक्षमा आफ्ना विचार व्यक्त गरेका थिए।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित