देशका तराईका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको विषम परिस्थितिका बीच सामाजिक तथा धार्मिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले स्याङ्जा सदरमुकाममा आइतबार सामाजिक सद्भाव र्याली निकालिएको छ ।
लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजनको संयुक्त आयोजनामा भएको र्याली पुतलीबजार नगरपालिका–१ स्थित पुस्तकालय परिसरबाट सुरु भई स्याङ्जा बजार परिक्रमा गर्दै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयका वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले सामाजिक तथा धार्मिक सहिष्णुताको संरक्षण आजको आवश्यकता भएको बताए । उनले विविधताबीचको एकता, पारस्परिक सम्मान र सहअस्तित्वलाई थप मजबुत बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
संस्थाका कोषाध्यक्ष चन्द्रमणि पौडेलले सामाजिक सद्भाव कायम राख्नु प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारका विभाजनकारी गतिविधिबाट समाजलाई जोगाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यसैगरी संस्थाका प्रमुख व्यवस्थापक एकबहादुर गोदार (रमेश) ले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न नागरिकको सकारात्मक सोच र सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले सामाजिक एकता बलियो भए मात्रै समाजमा शान्ति र स्थायित्व कायम रहने धारणा व्यक्त गरे ।
र्याली तथा कोणसभामा पत्रकार, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
संस्थाका अनुसार पछिल्ला घटनाक्रमका कारण समाजमा उत्पन्न हुन सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सम्बन्धित खबर
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा