स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–१ र वडा नम्बर ३ पुतलीखेत जोड्ने अरौंदी खोला र बाडखोलामा स्थायी पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
दुवै खोलामा आवतजावत सहज बनाउन २०६५ सालमा कल्भर्ट निर्माण गरिएको थियो । तर त्यसपछि स्थायी पुल निर्माण नहुँदा वर्षायाममा खोलामा पानीको सतह बढेसँगै कल्भर्टमाथिबाटै पानी बग्ने गरेको छ । यसले पैदलयात्रीदेखि सवारीसाधनसम्मको आवागमन प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
अरौंदी खोला र बाडखोला हुँदै पुतलीबजार सदरमुकाम, प्रदेश अस्पताल तथा विभिन्न सरकारी कार्यालयमा दैनिक सयौँ नागरिक आवतजावत गर्छन् । तर वर्षा भएपछि यही मुख्य मार्ग जोखिमपूर्ण बन्ने गरेको छ ।
गत वर्ष अरौंदी खोलामा आएको बाढीले स्कुटर बगाउँदा चालकको मृत्यु भएको थियो । त्यस्तै बाडखोलाले ट्र्याक्टर बगाउँदा चालक बेपत्ता भएका थिए । वर्षायाममा हरेक वर्षजसो जोखिम बढ्ने र दुर्घटनासमेत हुने गरे पनि स्थायी समाधान हुन नसकेको स्थानीयको गुनासो छ ।
स्थानीयवासीले दुवै खोलामा स्थायी पुल निर्माणका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । वर्षायाममा हुने जोखिम रोक्न तत्काल पुल निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पुल निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि नगरपालिकाले पहल गरिरहेको बताए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि पर्याप्त बजेट अभावका कारण काम सुरु गर्न नसकिएको हो ।
वर्षायाममा खोलामा पानीको बहाव बढ्दा कल्भर्टबाट आवतजावत गर्नसमेत जोखिम हुने भएकाले दीर्घकालीन समाधानका लागि स्थायी पुल निर्माण आवश्यक रहेको नगर प्रमुख रेग्मीले बताए ।
सम्बन्धित खबर
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने