चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गहिरो दुःख व्यक्त गरेका छन्।
बुधबार बिहान अकस्मात आएको बाढीका कारण दर्जनौँ बजार क्षेत्रका सयौँ घर, विद्युत् आयोजना, पुल, सडकलगायतका भौतिक संरचना तथा उब्जनीयोग्य खेतीपातीमा ठूलो क्षति पुगेको भन्दै प्रदेश प्रमुख भट्टले दुःख व्यक्त गरेका हुन् ।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी, उद्धार, राहत तथा घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
विशेषगरी सुरक्षाकर्मीसहित बेपत्ता भएका विदेशी पर्यटक तथा नेपाली नागरिकको तत्काल खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन्।
प्रदेश प्रमुख भट्टले नेपाल सरकार, प्रदेश सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै विपत्तिमा परेकाको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन आह्वान गरेका छन्।
त्यस्तै, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक समन्वय र सहयोगमा जुट्न पनि उनले आग्रह गरेका छन्।

सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने