पोखरा-५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व र सङ्कटको समयमा समुदायलाई सहयोग गर्ने प्रतिबद्धता स्वरूप उक्त रकम प्रदान गरेको हो।
देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित परिवार र व्यक्तिहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको विद्यालयका प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिए ।
राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन शैक्षिक संस्था, संघ-संस्था र व्यक्तिगत स्तरबाट हुने सामूहिक प्रयासले महत्वपूर्ण भूमिका खेल्ने धारणा डा. पराजुलीले व्यक्त गरे ।
विद्यालयले विपद्बाट प्रभावितहरूप्रति सहानुभूति प्रकट गर्दै बेपत्ता तथा प्रभावित नागरिकहरूको शीघ्र उद्धार र पुनर्स्थापनाको कामना गरेको छ। साथै, आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय कार्यहरूमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता शान्ति निकेतन स्कूलले व्यक्त गरेको छ।
सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने