दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ।
निरन्तरको वर्षासँगै आएको ठुलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो।
पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बगिसकेको छ भने बस्तीसमेत जोखिममा परेको छ।
हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन्।
जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय र उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बोहराले बताएका छन्।
‘घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी पुगेका छन्,’ बोहराले भने, ‘थप क्षति हुन नदिन तथा उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।’
अध्यक्ष बोहराका अनुसार यही स्थानमा तीन–चार वर्षअघि पनि पहिरो गएको थियो। तर यसपटकको पहिरो विगतको भन्दा निकै ठूलो रहेको स्थानीयले बताएका छन्। वर्षा जारी रहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित खबर
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
दार्चुलाको अपि हिमाल मार्गमा पनि पहिरो खस्यो, आधा घण्टा पूर्ण रूपमा थुनियो चमेलिया नदी
भाेटेकाेशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार २९४ पुग्यो, ५ हजार ५३ जना बेपत्ता
जन्मदिनमा हेटौँडाका सतीशले प्रदान गरे १० हजार ९५७ रुपैयाँ सहयोग
रसुवा बाढीबारे संसदमा प्रधानमन्त्रीकाे व्रिफिङ (पूर्णपाठ)
सरकारकै कारण उद्धारमा ढिलाई भएको लेखेका फिल्डका प्राविधिकको पोष्ट गायब
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग