काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् प्रभावशाली स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर (सेनानी) पदमा बढुवा भएका छन्। नेपाली सेनाले उनलाई सह-सेनानी (क्याप्टेन) बाट सेनानीमा पदोन्नति गरेको हो।
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यका लागि नुवाकोटको त्रिशूली क्षेत्रमा खटिएका छन् । खवासले कार्यक्षेत्र (विपद् व्यवस्थापनको उद्धार मैदान) मै सेनानी पदको दर्ज्यानी चिन्ह लगाएका हुन्।
यसअघि २०७९ साउनमा सह-सेनानी (क्याप्टेन) मा बढुवा भएका ३४ वर्षीय खवासले हाल बाढीपीडितको उद्धारमा खटिएकै स्थानबाट सेनानीको जिम्मेवारी प्राप्त गरेका छन्।
फुटबलमा पनि उनको यात्रा उत्तिकै प्रभावशाली छ । एन्फा एकेडेमीका उत्पादन खवासले संकटा ब्वाइज क्लबबाट युवा उमेरमा आफ्नो खेल कौशल निखारेका थिए। त्यसपछि उनले फ्रेन्ड्स क्लब र स्पोर्टिङ इलाम मेचीबाट समेत व्यावसायिक फुटबल खेलेका थिए।
नेपाल पुलिस क्लब हुँदै त्रिभुवन आर्मी क्लबमा आबद्ध भएका उनी लामो समयदेखि आर्मी टोलीका मुख्य खेलाडीका रूपमा मैदानमा सक्रिय छन्। नेपालका लागि फिफा विश्वकप छनोट, एएफसी च्यालेन्ज कप छनोट, साफ च्याम्पियनसिप र एएफसी सोलिडारिटी कपजस्ता ठूला प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिसकेका खवास सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीनपटक उत्कृष्ट फरवार्ड घोषित भइसकेका खेलाडी हुन्।
खेल मैदानमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएका खवासले सैनिक अधिकारीका रूपमा विपद् प्रभावित नागरिकको उद्धारमा खटिइरहेकै बेला पदोन्नति पाएका हुन्। उनको बढुवालाई नेपाली खेलकुद र सैनिक सेवाबीचको अनुशासन, समर्पण तथा निरन्तरताको उदाहरणका रूपमा हेरिएको छ।
खवास नेपाली सेनाको सैनिक वायु सेवामा कार्यरत छन्। उनले हवाई उडान सञ्चालनसम्बन्धी विशेष तालिमसमेत लिएका छन्। सन् २०१९ मा सैनिक जिम्मेवारीअन्तर्गत थाइल्यान्डमा ‘फ्लाइट अपरेसनल अफिसर’सम्बन्धी तालिममा सहभागी भएका कारण उनले राष्ट्रिय टोलीका केही अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। तालिम सकेपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए।
खवास करिब १४ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए। उनी २०७२ सालमा उपसेनानी र २०७९ साउनमा सहसेनानी पदमा बढुवा भएका थिए।
सम्बन्धित खबर
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने: शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला