पोखरा । फोटोग्राफी तथा फोटोपत्रकारितामार्फत समाज र देशलाई चिनाउँदै आएका पोखराका फोटोपत्रकार प्रेम थापा ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित भएका छन्।
पोखरा फोटोग्राफर संघको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहका अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो।
अवार्ड प्राप्त गरेपछि थापाले पुरस्कारको रकम सामाजिक सेवामा समर्पण गरेका छन्। उनले अवार्डस्वरूप प्राप्त नगद रकममा आफ्नै तर्फबाट सोही बराबरको रकम थप गरी बाढीपीडित परिवारको सहयोगका लागि प्रदान गरेका छन्।
सानो सहयोगले पनि विपद्मा परेका परिवारको दुःखमा केही राहत पुग्ने विश्वासका साथ आफूले पुरस्कारको रकम सहयोग गरेको थापाले बताएका छन्।

राष्ट्रिय फोटोपत्रकार समूह कास्कीका सचिव, चलचित्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य तथा ‘इभेन्ट पोखरा’का सञ्चालकसमेत रहेका थापा लामो समयदेखि फोटोग्राफी र फोटोपत्रकारितामा सक्रिय छन्।
यसअघि बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय फोटोपत्रकारिता अवार्डबाट समेत सम्मानित भइसकेका थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान र गौरव प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।
थापाले भने, ‘सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने प्रयास हो। अवार्ड मेरो मेहनतको सम्मान हो, तर यही सम्मानलाई कसैको पीडामा मल्हम लगाउने माध्यम बनाउन पाउँदा अझ खुसी लागेको छ।’
अवार्डसँगै प्राप्त रकमलाई विपद् प्रभावितको सहयोगमा समर्पण गर्ने थापाको निर्णयले फोटोग्राफी र पत्रकारिता क्षेत्रबाट पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सकारात्मक सन्देश दिएको छ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने