प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान

सम्मान र सहयोग

प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान

prem thapa (1)

पोखरा । फोटोग्राफी तथा फोटोपत्रकारितामार्फत समाज र देशलाई चिनाउँदै आएका पोखराका फोटोपत्रकार प्रेम थापा ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित भएका छन्।

पोखरा फोटोग्राफर संघको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहका अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्ड प्राप्त गरेपछि थापाले पुरस्कारको रकम सामाजिक सेवामा समर्पण गरेका छन्। उनले अवार्डस्वरूप प्राप्त नगद रकममा आफ्नै तर्फबाट सोही बराबरको रकम थप गरी बाढीपीडित परिवारको सहयोगका लागि प्रदान गरेका छन्।

सानो सहयोगले पनि विपद्मा परेका परिवारको दुःखमा केही राहत पुग्ने विश्वासका साथ आफूले पुरस्कारको रकम सहयोग गरेको थापाले बताएका छन्।

राष्ट्रिय फोटोपत्रकार समूह कास्कीका सचिव, चलचित्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य तथा ‘इभेन्ट पोखरा’का सञ्चालकसमेत रहेका थापा लामो समयदेखि फोटोग्राफी र फोटोपत्रकारितामा सक्रिय छन्।

यसअघि बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय फोटोपत्रकारिता अवार्डबाट समेत सम्मानित भइसकेका थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान र गौरव प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका छन्।

थापाले भने, ‘सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने प्रयास हो। अवार्ड मेरो मेहनतको सम्मान हो, तर यही सम्मानलाई कसैको पीडामा मल्हम लगाउने माध्यम बनाउन पाउँदा अझ खुसी लागेको छ।’

अवार्डसँगै प्राप्त रकमलाई विपद् प्रभावितको सहयोगमा समर्पण गर्ने थापाको निर्णयले फोटोग्राफी र पत्रकारिता क्षेत्रबाट पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सकारात्मक सन्देश दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds