पोखरा । कास्की जिल्लाका १९ विद्यालयका ३८ जना विद्यार्थीको उत्साहपूर्ण सहभागितामा कास्की जिल्ला अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप २०८३ सम्पन्न भएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो शब्दज्ञान, भाषिक क्षमता तथा बौद्धिक कौशल प्रदर्शन गरेका थिए।
प्रतियोगितामा बाल प्रभात बोर्डिङ स्कुलका प्रशान जलारी प्रथम हुँदै च्याम्पियन बने। सैनिक आवासीय महाविद्यालयका दिब्ब्य जङ्ग थापा दोस्रो तथा रेन्वो एकेडेमिक होम्सका सुयश गुरुङ तेस्रो भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन खेलाडीसहित थप पाँच जना गरी कास्कीबाट आठ जना विद्यार्थी राष्ट्रिय स्क्राबल च्याम्पियनसिपका लागि छनोट भएका छन्।
राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने अन्य खेलाडीमा सैनिक आवासीय महाविद्यालयका नोर्बु गुरुङ, हार्वर्ड एकेडेमीका प्रवेश मल्ल र अनुज गुरुङ, जुनियर सिटिजन्स एकेडेमीकी अनु जैसवाल तथा जेनिशा गौतम रहेका छन्।
अब कास्कीबाट छनोट भएका यी आठ खेलाडीले राष्ट्रियस्तरको प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछन्।

स्क्राबलले विद्यार्थीको शब्दभण्डार, भाषिक दक्षता, एकाग्रता र तार्किक सोच विकासमा सहयोग गर्ने भएकाले विद्यालय तहमा यसको लोकप्रियता बढ्दै गएको छ।

सम्बन्धित खबर
कालीगण्डकी नदीमा पुरुषको शव फेला
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन