कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

प्रतिष्पर्धा

कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

प्रशान जलारी बने च्याम्पियन

WhatsApp Image 2026-09s-07 at 9.33.27 AM

पोखरा । कास्की जिल्लाका १९ विद्यालयका ३८ जना विद्यार्थीको उत्साहपूर्ण सहभागितामा कास्की जिल्ला अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप २०८३ सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो शब्दज्ञान, भाषिक क्षमता तथा बौद्धिक कौशल प्रदर्शन गरेका थिए।

प्रतियोगितामा बाल प्रभात बोर्डिङ स्कुलका प्रशान जलारी प्रथम हुँदै च्याम्पियन बने। सैनिक आवासीय महाविद्यालयका दिब्ब्य जङ्ग थापा दोस्रो तथा रेन्वो एकेडेमिक होम्सका सुयश गुरुङ तेस्रो भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन खेलाडीसहित थप पाँच जना गरी कास्कीबाट आठ जना विद्यार्थी राष्ट्रिय स्क्राबल च्याम्पियनसिपका लागि छनोट भएका छन्।

राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने अन्य खेलाडीमा सैनिक आवासीय महाविद्यालयका नोर्बु गुरुङ, हार्वर्ड एकेडेमीका प्रवेश मल्ल र अनुज गुरुङ, जुनियर सिटिजन्स एकेडेमीकी अनु जैसवाल तथा जेनिशा गौतम रहेका छन्।

अब कास्कीबाट छनोट भएका यी आठ खेलाडीले राष्ट्रियस्तरको प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछन्।

स्क्राबलले विद्यार्थीको शब्दभण्डार, भाषिक दक्षता, एकाग्रता र तार्किक सोच विकासमा सहयोग गर्ने भएकाले विद्यालय तहमा यसको लोकप्रियता बढ्दै गएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds