पोखरा । तमु धिं नेपाल केन्द्रीय समितको आयोजनामा पोखरा रंगशालामा शनिबार सरसफाई तथा गोडमेल गरिएको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियान अन्तर्गत तमु धिं नेपालको आयोजनामा आज रंगशाला परिसरमा सरसफाई गरिएको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले तमु धिंको परिचय दिन मात्रै नभई सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न एक ठाउँमा जुटेको बताइन् ।
‘आज हामी यहाँ एउटा सामान्य सरसफाई कार्यक्रमका लागि मात्र भेला भएका होइनौँ, उनले भनिन्, ‘आफ्नो समुदाय, आफ्नो शहर र सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न एक ठाउँमा जुटेका हौँ ।’
सफा शहर सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने बताइन् ।
तमु धिं नेपालले आयोजना गरेको सो सरसफाई कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरूले रंगशाला परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै झारपात हटाउने, गोडमेल गर्ने र परिसर सफा गर्ने काम गरेका थिए ।
रंगशालालाई स्वच्छ, हरियालीयुक्त र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा हरेक साता पोखराका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउँदै सरसफाइमा सहभागिता जनाउँदै आएका छन् ।
कास्की जिल्ला खेलकुद विकास समितिले रंगशालाको वातावरण स्वच्छ राख्न तथा खेलकुदसँगै सरसफाई र वातावरण संरक्षणको सन्देश प्रवाह गर्न अभियानलाई निरन्तरता दिइरहेको छ । यसअघि खाली स्थानमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको अगुवाईमा वृक्षारोपण गरिएको थियो ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने