स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

Death-body-900px

स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय यमबहादुर महत क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ छोरीको घरतर्फ जाने क्रममा उनी ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा चिप्लिएर खसेका थिए । घरदेखि करिब ८०० मिटर टाढा रहेको नहरमा खसेका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ